यी सबै मिसाइलहरू भारतीय हवाई सुरक्षा प्रणालीले सफलतापूर्वक अवरोध गरी निरस्त्र बनाएको समाचारमा बताइएको छ ।
यसैबीच, जम्मू–कश्मीरको राजौरीमा पूरै ब्ल्याकआउट गरिएको छ । पाकिस्तानी गोलीबारीमा पछिल्लो केही घण्टामा हताहत भएका सबै व्यक्ति यसै क्षेत्रमा भएको समाचारमा बताइएको छ । कश्मीरको अर्को स्थान पुँछमा पनि पूरा ब्ल्याकआउट गरिएको र त्यहाँ हवाई साइरन (एयर रेड)को आवाज सुनिएको छ ।
भारतीय सेनाका अनुसार, पाकिस्तानले जम्मू, पठानकोट र ऊधमपुरस्थित सैनिक अड्डाहरूमा मिसाइल र ड्रोन हमला गरेको थियो । तर, ती सबै निस्प्रभावी बनाइएको छ । यी हमलामा कुनै पनि जनधनको क्षति नभएको समाचारमा उल्लेख छ ।