काठमाडौँ । भारत-पाकिस्तानबीचको द्वन्द्व चर्किँदै गएपछि भारतमा चलिरहेको इन्डियन प्रिमियर लिग आईपीएल एक हप्ताका लागि स्थगित भएको छ । सुरक्षा सतर्कता अपनाउन खेल रोकिएको हो ।
भारतीय क्रिकेट बोर्ड९बीसीसीआई० ले तत्काल १ हप्ताका लागि खेल स्थगित गरिएको जनाएको छ । खेलको नयाँ तालिका र स्थान पछि सार्वजनिक गरिने पनि बीसीसीआईले जनाएको छ ।बिहीबार धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि सुरक्षाको कारण देखाउँदै स्थगित गरिएको थियो । धर्मशाला गोलीबारी चलिरहेको ठाउँ पठानकोटबाट १०० किलोमिटरभन्दा पनि कमको दूरीमा रहेको छ ।
धर्मशालामा खेल चलिरहेकै बेला सुरक्षासम्बन्धी चेतावनी आएपछि बीच ओभरमै खेल रोकिएको हो । मिडिया रिपोर्टहरूका अनुसार दुई देशबीचको तनाव चर्किँदै जाँदा आईपीएल खेलिरहेका विदेशी खेलाडी त्रसित छन् । केही खेलाडीले स्वदेश फर्कनका लागि अपिलसमेत गरेका थिए ।