काठमाडाैं । चालु आवको तेस्रो त्रैमाससम्म घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड घाटामा रहेको छ । कम्पनीले समीक्षा अवधिसम्ममा ५५ करोड ४३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म पनि कम्पनी ६४ करोड २५ लाख रुपैयाँ घाटामै थियो ।
कम्पनीले समीक्षा अवधिसम्म ७१ करोड ७९ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १४८.४२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले २८ करोड ८९ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो ।
त्यस्तै कम्पनीको प्रशासनिक, बिक्री तथा वितरण खर्च १९ करोड ७९ लाख रुपैयाँ, ह्रासकट्टी खर्च ५० करोड २६ लाख र वित्त खर्च ६८ करोड ८७ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ ४६.२३ प्रतिशतले घटेर १ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ । कम्पनीको सेयर प्रिमियममा २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १२.१४ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १९०.८० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५०८.२० रुपैयाँ र तरलता अनुपात ०.७९ प्रतिशत कायम भएको छ ।