काठमाडौं । आज शेयर बजार दाेहाेराे अंलले घटेको छ । नेप्से परिसूचक १४.८७ अंकले घटेर २६३४.२३ को विन्दुमा कायम भएको छ । आज ३१४ कम्पनीको सेयर किनबेच हुँदा ९ अर्ब ६३ करोड माथिको सेयर कारोबार भएको छ । आज ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै युनिभर्सल पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६७ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ५२ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल माइक्रो इनस्योरेन्सको ५१ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै क्रेष्ट माइक्रो लाइफ र ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । जोशी हाइड्रोपावरका लगानीकर्ताले ६.७३ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ७.९३ प्रतिशतका दरले गुमाएका हुन् ।