काठमाडाैं । बालबालिकामा हुने मोबाइलको लत कम गर्न सबैभन्दा प्रमुख भूमिका अभिभावकको हुने विज्ञहरू बताउँछन्। मोक्तान भन्छिन्, “सबैभन्दा पहिले अभिभावक आफैँले दिनको अधिकतम दुई घण्टाभन्दा बढी मोबाइल चलाउनु भएन र बालबालिकालाई पनि दिनु भएन।”
अभिभावकपछि शिक्षकशिक्षिकाको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ। त्यस्तै घरमा कुनै स्थानलाई ‘स्क्रीन-फ्री जोन’ बनाउन उनी सुझाव दिन्छिन्। सरकारले मोबाइलको लतबाट हुने असर र त्यसलाई कम गर्न अभिभावकले गर्नुपर्ने कामबारे सचेतना फैलाउनुपर्ने आवश्यकता शर्मा देख्छिन्।
त्यस्तै सरकारले नेपालमा “कति स्क्रीन टाइम उपयुक्त हो” भन्ने मापदण्ड बनाउनुपर्ने र त्यो पालन गर्न सबैलाई उत्प्रेरित गर्नुपर्ने विज्ञहरूकव सुझाव छ। त्यसका अतिरिक्त मोबाइल चलाउने समयमा त्यसलाई बन्द गरेर अन्य विकल्पहरूमा बालबालिकालाई सहभागी गराउनुपर्ने मोक्तानको सुझाव छ।