नेपाली बजारमा सुनको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोल १ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात गत शुक्रबार, यस्तो सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेको हो।
यस दिन चाँदीको मूल्य भने गत शुक्रबार कायम मूल्यमा नै कारोबार हुने भएको छ। संघका अनुसार यस दिन चाँदीको मूल्य तोलाको १ हजार ९४५ रुपैयाँ रहेको छ।