अछाम । अछामकाे ढकारीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । ढकारी गाउँपालिका वडा नम्बर ४ का पदम बहादुर बुढाको मृत्यु गएको हो ।
ढकारी गाउँपालिका ४ स्थित तुरैमा बुधवार साँझ करिब ५ बजे भिरबाट लडेका बुढाको सब सेती नदिको किनारमा फेला परेको उनका आफन्तले जानकारी दिएका छन् ।
मृतक बुढा नेपाली काङ्ग्रेस ढकारीका उपसभापति हुन ।