काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १९.० ४अंकले बढेर २६८८.५५ को विन्दुमा कायम भएको छ ।
आज ३१४ कम्पनीको सेयर किनबेच हुँदा ९ अर्ब ८२ करोड माथिको सेयर कारोबार भएको छ । आज १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४२ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६९ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ६० करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुमारी बैंकको ४२ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । एनआइसी एशिया बैंकका लगानीकर्ताले ८.११ प्रतिशतका दरले कमाएका छन् । फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले ८.०६ प्रतिशतका दरले कमाएका छन् । कुमारी बैंकका लगानीकर्ताले ६.५३ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै बराही हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।