अछाम। नेपाल ट्रेड यूनियन कांग्रेस जिल्ला कार्यसमिति अछामले ढकारी गाउँपालिका–५ निवासी सुरेन्द्र साउदलाई अछाम क्षेत्र नं. २ अन्तर्गत प्रदेश ‘ख’ को सभापतिमा मनोनयन गरेको छ।
मिति २०८१ साल पौष २१ गते बसेको जिल्ला कार्यसमितिको बैठकको निर्णयअनुसार पार्टीको विधान बमोजिम साउदलाई प्रदेश ‘ख’ को सभापतिमा मनोनित गरिएको हो। उनलाई मनोनयन गरिएको औपचारिक पत्र २०८१ साल माघ २२ गते प्रदान गरिएको थियो।
सभापतिमा मनोनयनसँगै साउदलाई नेपाली कांग्रेसअन्तर्गत प्रदेश ‘ख’ का पालिका र वडा सभापतीहरूसँग समन्वय गरी निकट भविष्यमा ट्रेड यूनियन कांग्रेसको प्रदेश अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको छ। अधिवेशनको कार्य प्रगति तथा सम्पूर्ण गतिविधिबारे जिल्ला कार्यसमितिलाई जानकारी गराउनसमेत अनुरोध गरिएको छ।
जिल्ला कार्यसमितिले मनोनित सभापति साउदलाई बधाई दिँदै ट्रेड यूनियन कांग्रेसलाई थप मजबुत, सुदृढ र गतिशील बनाउन उनको सक्रियता महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।