काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ९१ हजार १०० रुपैयाँ कायम भएको छ ।
यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ८०० रुपैयाँ कायम थियो । यता, आज पनि चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ५ रुपैयाँ कायम रहेको छ । यसअघि आइतबार पनि चाँदीको भाउ स्थिर रहेको थियो ।