काठमाडाैं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले वर्षातको मौसममा हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै बागमती नदीमा गेग्रान हटाउने काम भइरहेको बताएका छन् ।
पूर्वाधार विकास समितिमा मंगलबार उपप्रधानमन्त्री सिंहले सम्भावित जोखिम रहेका ठाचउँहरूमा अहिले काम भइरहेको बताए ।
समितिमा वर्षातको पूर्वसन्ध्यामा सहरी विकास मन्त्रालयअन्तर्गत देशभर रहेका स्थानीय सडक, पुल र बेलीब्रिज लगायत पूर्वाधारमा हुन सक्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयको पूर्वतयारीका बारेमा छलफल गरेको बताए ।
बैठकमा उपप्रधानमन्त्री सिंहले विगतमा भएका घटनाबाट पाठ सिक्दै मन्त्रालयले पूर्वतयारी गरिररहेको बताए ।
‘विगतका घटनाबाट पाठ सिक्नतुपर्छ। नदी समयमा सफा गर्नुपर्छ। उपत्यकामा नीको बढेको सतह घटाउनुपर्छ भनेर यहाँहरूले जोड दिनुभएको छ। अधिकारसम्पन्न बागमती बागमती सभ्यता एकीकृत विकास समितिले बागमतीमा काम सुरू गरिसकेको छ,’ उनले भने ।
बागमती सभ्यताका आयोजना निर्देशक नारायणप्रसाद भण्डारीकाअनुसार नख्खु क्षेत्र, बालकुमारीदेखि मनोहरा दोभानसम्मको क्षेत्रमा गेग्रान हटाउने काम भइसकेको छ । अहिले बल्खु क्षेत्र, सुन्दरीजलभन्दा तल गोकर्ण क्षेत्र र गुह्येश्वरी क्षेत्रमा नदीबाट गेग्रान हटाउने काम भइरहेको उनले बताए ।