काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको पद निलम्बन भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३ सय २ रुपैयाँ ५७ पैसा माग दाबीसहित सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारको आरोपमा सोडारीले गैरकानुनी रूपमा सम्पत्ति थुपारेको उल्लेख छ ।
सोडारी निलम्बनमा परेसँगै समाजवादी पार्टीले नयाँ नेता चयनको तयारी थालेको छ। उपनेता प्रकाश रावलले बुधबार दलको बैठक बोलाएर सहमतिमा नयाँ नेता चयन गरिने जानकारी दिएका छन्।