काठमाडौं। आज साताको अन्तिम दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक ५.९९ अंकले घटेर २६४० को विन्दुमा कायम भएको छ । आज ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ कम्पनीको मूल्य घटेको छ ।
आज ७ अर्ब ९७ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ९१ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । युनिभर्सल पावर कम्पनीको ६४ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सबैभन्दा धेरै रिभर फल्स पावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ७६ प्रतिशतका दरले गुमाएका हुन् ।