काठमाडौं । यतिबेला अछाको ढकारी गाउँपालिका-३ निवासी २७ वर्षीय सुर्जा बुढाको टाउकोमा ढुंगा लागेर अर्धचेत अवस्थामा रहेर जीवन-मृत्युसँग लडिरहेकी छिन्। आर्थिक अवस्था कमजोर भएकी सुर्जा बुढा अहिले नेपालगन्ज स्थित वष्टर्न प्राईभेट हस्पिटलमा छन् ।
टाउकोकाे अप्रेसन गरिएपनि सुर्जाको स्वास्थ्य अवस्था पूर्ण रुपमा सुधार हुन सकेको छैन । गएको कार्तिक २९ गते खेतको कुलो खन्ने क्रममा अग्लो भिर बाट खसेको ढुंगा लागेर उनि घाइते भएकी थिन्न ।
उनको नेपालगन्ज स्थित वष्टर्न प्राईभेट हस्पिटलमा उपचार भैरहेको छ । डाक्टरको सल्लाह अनुसार सुर्जाको टाउकोमा गहिरो चोट लागेका कारण उनको स्वास्थ्यमा सुधार आउन अझै समय लाग्ने देखिएको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै उनका श्रीमान् सुरत बुढाले आफ्नो घरको आर्थिक अवस्था निकै कमजोर भएकाले सहयोग गरिदिन सबैलाई अपिल गरेका छन् ।
अर्धचेत अवस्थामा रहेकी सुर्जाको उपचारका लागि दैनिक औषधी किन्न र आइसियुको पैसा तिर्न समेत कठिन भइरहेको उनको भनाई छ । सुर्जाका साना एक छोरा र एक छोरी
न्युरो सर्जन सुबोध गौतमका अनुसार टाउकामा चोट लागेको छ । अप्रेसन गरिए पश्चात सुर्जा केहि बोल्ने हुनु भएको छ भने उनको दायाँ हात र खुट्टा चल्छ तर बायाँ हात र खुट्टा अझै चल्न सकेको छैन । डाकटर गौतमका अनुसार उनलाई अझै ४–५ दिन आईसियुमा राख्नुपर्ने बताएका छन् ।
थप उपचार गर्न आर्थिक अभाव भएको भन्दै उनका श्रीमान सुरतले सबैलाई सहयोग गरिदिन अपिल गरेका छन् ।
सुर्जाका श्रीमान सुरतले श्रीमतिकाे जीवन बचाइदिन सबै भगवान मनहरूलाई आग्रह गर्छन्।
त्यसका लागि अछामको मंगलसेनस्थित कृषि विकास बैंकमा रहेको श्रीमान् सुरत बहादुर बुढाको
खाता नम्बर ०८२२६०५५२३४३००१८ मा रकम जग्मा गरिदिन आग्रह गर्दछन्। ।