काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १३.०३ अंकले घटेर २६६७.४० को विन्दुमा बन्द भएको छ।
आज ३२२ कम्पनीको शेयर किनबेच हुँदा ७ अर्ब ७२ करोडको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । आज ५५ कम्पनीको सेयरमूल्य बढेको छ भने १८१ कम्पनीको मूल्य घटेको छ । याे दिन ८ वटा कम्पनिकाे सेयर मूल्य स्थिर रहेकाे छ ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ४० करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३६ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९१ प्रतिशतका दरले कमाएका हुन् । ङादी ग्रुप पावरका लगानीकर्ताले ९ दशलमव ५८ प्रतिशतका दरले कमाएका छन् । जानकी फाइनान्सका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सेञ्चुरी डिबेञ्चर २०८८ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७ दशलमव ७५ प्रतिशतका दरले गुमाएका हुन् ।
आज उच्च कारोबार भएका १० कम्पनी
जानकी फाइनान्स ६० करोड ८७ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर ४० करोड ३३ लाख रुपैयाँ,ङादी ग्रुप पावर ३६ करोड ३३ लाख रुपैयाँ,बेस्ट फाइनान्स २३ करोड ९८ लाख रुपैयाँ,रसुवागढी हाइड्रोपावर १८ करोड ५४ लाख रुपैयाँ,पिपुल्स हाइड्रोपावर १७ करोढ ६५ लाख रुपैयाँ,हिमालय ऊर्जा ११ करोड ७४ लाख रुपैयाँ,चिलिमे हाइड्रोपावर १० करोड ६५ लाख रुपैयाँ,समृद्धि फाइनान्स १० करोड ४२ लाख रुपैयाँ,हाथवे इन्भेस्टमेन्ट १० करोड ३० लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ।