काठमाडौं। एनपीएलको तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको हो ।
कर्णालीका गुल्शन झाले ३६ रन जोडे । झाले ३ छक्का र १ चौका प्रहार गरे । ओपनर शिखर धवनले ३ चौकासहित १४ रन बनाए । बाबर हायातले १२ रन जोडे । मिडल अर्डरमा आएका अर्जुन घर्तिले विस्फोटक ब्याटिङ गरे । उनले २२ बलमा ३३ रन जोडे । उनले १८औं ओभरमा २ छक्का र २ चौकासहित २२ रन प्रहार गरेका थिए । कप्तान सोमपाल कामीले २९ रन जोडे ।
अन्तिम दुई ओभरमा ४२ रन बनाएपछि कर्णालीले सम्मानजनक स्कोर बनाएको हो । जनकपुरका लागि मोहम्मद मोहसिनले दुई विकेट लिँदा जिमी निसम, किशोर महतो, ललित राजवंशीले एक/एक विकेट लिए ।