काठमाडाैं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला १०० रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ८०५ रूपैयाँमा कारोबार भएको थियो ।