इलेक्ट्रिक स्कुटर ब्रान्ड लुयानले आफ्नो नयाँ विन्टर एक्सचेन्ज अफरको घोषणा गरेको छ । जसले ग्राहकहरूलाई पुरानो पेट्रोल वा इलेक्ट्रिक दुईपांग्रे सवारीसाधनलाई स्मार्ट र हरित लुयान इलेक्ट्रिक स्कुटरमा परिवर्तन गर्ने अवसर प्रदान गर्दछ। यो अफर पुष महिनाको अन्त्यसम्म उपलब्ध हुनेछ।
लुयानको विन्टर एक्सचेन्ज अफरले ग्राहकहरूलाई विभिन्न फाइदाहरू उपलब्ध गराउँछ, जसमा आकर्षक छुट, निःशुल्क एक्सेसोरीहरू र सजिलो फाइनान्सिङ योजना समावेश छन्। यस अफरअन्तर्गत ग्राहकहरूलाई आफ्नो पुरानो सवारीसाधनमा रु. १०,००० सम्मको छुट प्राप्त गर्न सकिन्छ, साथै हेल्मेट र स्कुटर कभर जस्ता निःशुल्क उपहार पनि प्रदान गरिनेछ।
अफरको मुख्य उद्देश्य इलेक्ट्रिक सवारीसाधनलाई अझ सुलभ र वातावरणमैत्री बनाउन प्रोत्साहन गर्नु हो। लुयान इलेक्ट्रिक स्कुटरहरूको उच्च माइलेज, शक्तिशाली मोटर र दीर्घकालीन ब्याट्रीसँगै यो अफर ग्राहकहरूलाई दिगो यात्रा समाधानमा परिवर्तन गर्न उत्तम अवसर हो।
लुयान नेपालका सेल्स हेड, शंकर शर्माले भने,“विन्टर एक्सचेन्ज अफरले ग्राहकहरूलाई इलेक्ट्रिक सवारीसाधनको प्रयोगमा ल्याउन मद्दत गर्नेछ। यो इलेक्ट्रिक स्कुटरमा परिवर्तन गर्ने उपयुक्त समय हो, जसले पर्यावरणलाई पनि फाइदा पुर्याउँछ।”
अफर प्राप्त गर्न ग्राहकहरूले नजिकको लुयान शोरूममा आफ्नो पुरानो सवारीसाधन र आवश्यक कागजातहरू लिएर जानुपर्नेछ। कम्पनीको टोलीले एक्सचेन्ज प्रक्रिया सजिलो बनाउन मद्दत गर्नेछ।