ढकारी। घासकाट्नेक्रममा भिरबाट खसेर ४५ वर्षीया पाटु देवी बुढा गम्भीर घाइते भएकी छन्। अछामकाे ढकारी गाउँपालिका वडा नं १ की ४५ वर्षीय पाटु देवी बुढा बुधबार बिहान करिब १० बजेको समयमा घास काट्ने क्रममा भिरबाट खसेर गम्भीर घाइते भएकी हुन्।
घटनापश्चात उनलाई तत्कालै बयलपाटा अस्पतालमा उपचारका लागि लगिएको थियाे । उनको अवस्था गम्भीर रहेको कारण उनलाई धनगढीको निसर्ग अस्पताल हुँदै नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको हाे।
अब उनको जीवन रक्षाका लागि थप आर्थिक सहयोगको आवश्यकता परेको छ। परिवार र समाजका सम्पूर्ण व्यक्तिहरूलाई सक्दो सहयोग गर्न अपिल गरिएको छ। तपाईंको सानो सहयोगले पाटु देवी बुढाको जीवन बचाउन ठूलो भूमिका खेल्न सक्छ।
निरप बुढाले आफ्नो आमाको जीवन बचाउनका लागि देश र विदेशमा रहेका सम्पूर्ण व्यक्तिहरूलाई आर्थिक सहयोगको अपील गरेका छन्। अछामको ढकारीस्थित सिटिजन बैंकमा निरप बुढा (Nirpa Budha) को खाता नं. 0790100000463041 मा रकम जम्मा गरिदिन आग्रह गरिएको छ। उनलाई 9847137223 मा टेलिफोन सम्पर्क गरेरसमेत सहयोग गर्न सकिनेछ।