काठमाडाैं। अछाम जिल्ला ढकारी गाउँपालिका वडा नम्बर ०६ औनाकाट्ने, हाल मालुमेला बस्ने बाले बुढाको घरमा हिजो राति आगलागी हुँदा घर पूर्णरूपमा सखाप भएको छ।
आगलागीका कारण घरमा रहेको सम्पूर्ण अनाज, धान, गहुँ, नगद रुपैयाँ, चाँदीको माला, र बाख्राहरू समेत जलेर नष्ट भएका छन्।
अहिले घटनास्थलमा ढुङ्गाचाल्ना प्रहरी चौकीको टोली र स्थानीय बासिन्दाहरूले अनुगमन गरिरहेका छन्। आगलागीको कारण र क्षतिको थप विवरण आउन बाँकी रहेको जनाइएको छ।