काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको बिक्रीदर १३८ रुपैयाँ ८८ पैसा र खरिददर १३८ रुपैयाँ २८ पैसा कायम भएको छ ।आज १ युरोको बिक्रीदर १४४ रुपैयाँ १० पैसा रहेको छ भने खरिददर १४३ रुपैयाँ ४८ पैसा रहेको छ ।
बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ ३४ पैसा खरिददर १७१ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ८ रुपैयाँ ९४ पैसा र खरिददर ८ रुपैयाँ ९८ पैसा छ । त्यसैगरी, आज अष्ट्रेलियन डलर १ को खरिददर आज ८५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८६ रुपैयाँ २६ पैसा तोकिएको छ ।
आज क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ ४१ पैसा र बिक्रीमा ९५ रुपैयाँ ८२ छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।