काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले समता फाउन्डेसनलाई ५ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समता फाउन्डेसनलाई आर्थिक सहायता प्रदान गरेको हो ।
उक्त सहयोग फउन्डेसनमा अध्यनरत विधार्थीहरुको शिक्षातर्फ खर्च हुने जनाइएको छ । एक कार्यक्रमकाबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले उक्त रकम फाउन्डेसनका प्रतिनिधि दिपक बस्नेतलाई हस्तानतरण गरेका हुन् ।
सबैका लागी शिक्षा सहज र सुलभ बनाउन समर्पित समता फाउन्डेसन लाई दिएको हो । यस योगदानले विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।
कम्पनीले १३९ शाखा तथा उपशाखा कार्यालयबाट जीवन बीमा सेवा प्रदान गर्दे आईरहेको छ । शिक्षा, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपाल लाइफले आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।