काठमाडौं। यस वर्षको भ्यालेन्टान विक आज शुक्रवारदेखि प्रारम्भ भएकाे छ । भ्यालेन्टाइन विकको पहिलो दिनलाई रोज डेको नामले मनाइन्छ । प्रेमिल जोडीले यस सातालाई प्रेम व्यक्त गर्ने पर्वका रुपमा लिने गर्दछन् । आज फेब्रुअरी ७ अर्थात् ‘रोज डे’ हो । ‘भ्यालेनटाइन विक’ हरेक वर्ष फेब्रुअरी ७ तारिखदेखि सुरु भएर १४ तारिखसम्म मनाउने गरिन्छ । आजकै लागि भनेर फूल व्यापारीहरूले आआफ्नो पसल गुलाफले सजाएका छन् ।
आज साथीसँग झै-झगडा नगरी मित्रताको सम्बन्ध अगाडि बढाउन यो रंगको गुलाफ दिएर सम्बन्ध अगाडि बढाउन सकिन्छ । गुलाबी रंगको गुलाफ– गुलाबी रंगका गुलाफ सबैका लागि हुन सक्छ । आफ्नो प्रेमी वा प्रेमिकालाई मात्र नभएर आफ्ना परिवार वा नजिकका शुभचिन्तकहरुलाई पनि गुलाबी गुलाफ दिएर माया भाव साट्न सकिन्छ ।
सुन्तला रंगको गुलाफ- सुन्तला रंगको गुलाफ जोश, उत्साह र उमङ्गको प्रतीक मानिन्छ । प्रेमिल जोडी तथा दम्पतीहरूले जोश र उत्साहपूर्ण सम्बन्धका लागि यस रंगका गुलाफका फूलहरू दिने गर्छन्।
‘रोज डे’ का दिन दिने गुलाबको रंगको विशेषता
रातो गुलाफ: रातो गुलाफले प्रेम, जोश र भावनात्मक पक्षको प्रतीक दर्शाउँछ ।
सेतो गुलाफ: सेतो गुलाफले सम्बन्धमा शान्ति र मेलमिलापको भाव बताउँछ । तपाईँका नजिकका साथीसँग झै–झगडा नगरी मित्रताको सम्बन्ध अगाडि बढाउन सकिन्छ ।
गुलाबी रंगको गुलाफ: गुलाबी रंगको गुलाफ मायाको प्रतीक मानिन्छ ।
सुन्तला रंगको गुलाफ: सुन्तला रंगको गुलाफ जोश, उत्साह र उमङ्गको प्रतीक मानिन्छ ।
भ्यालेन्टाइन सप्ताह मिति सूची, कुन दिन के ?
फेब्रुअरी ७ मा गुलाब दिवस अर्थात् राेज डे
फेब्रुअरी ८ मा प्रपाेच डे
फेब्रुअरी ९ मा चकलेट डे
फेब्रुअरी १० मा टेडी डे
फेब्रुअरी ११ मा प्रमिस डे
फेब्रुअरी १२ मा हग डे
फेब्रुअरी १३ मा किस डे
फेब्रुअरी १४ मा भ्यालेन्टाइन डे