काठमाडौं। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ आज माघ २७ गते साँझसम्म ६ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म क्रेस्ट माइक्रो लाइफको आइपीओमा ४८ हजार ८१५ आवेदकबाट १३ लाख ५२ हजार १६० कित्ता शेयर माग भएको छ।
कम्पनीले माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालका लागि आइपीओ जारी गरेको हो । नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबर आइपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। जसअनुसार कम्पनीले २२ लाख ५० हजार कित्ता शेयर जारी गर्नेछ।
कम्पनीले पहिलो चरणमा कुल निष्कासनको १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँबराबर अर्थात २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो।
अब यो आइपीओ पनि अब गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी २२ हजार ५०० आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्।
लगानीकर्ताले यो आइपीओमा न्यूनतममा १० कित्ता र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
कम्पनीको आइपीओ बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयर खरिद आवेदन दिन सक्नेछन्। आवेदन माघ २९ गतेसम्म बैंकिङ समयसम्म दिन सकिनेछ।