Artha Update
नेभिगेशन

अछाम। सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय सेवा ऐन जारी नगरेको भन्दै ढकारी गाउँपालिका स्थानीय तह कर्मचारी संघर्ष समितिले सुरु गरेको तालाबन्दीका कारण गाउँपालिकाका प्रमुख प्रशासनिक सेवा पूर्णरूपमा प्रभावित भएका छन्।

ढकारी गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष लेखा शाखा पूर्वाधार विकास शाखा स्टोर शाखा र सबै वडा कार्यालयहरुमा तालाबन्दी गरिएको छ। यसका कारण पालिकाबाट प्रदान गरिने नागरिकता सिफारिस भत्ता विकास निर्माणका काम लगायतका सबै नियमित सेवा ठप्प भएका छन्।

पालिका प्रशासनले जारी गरेको सूचनामा भनिएको छ । तालाबन्दीका कारण अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा प्रवाहमा असहज परिस्थिति सिर्जना भएको छ।

संघर्ष समितिको नेतृत्वमा गरिएको आन्दोलनको मुख्य माग भने स्थानीय तह कर्मचारीको व्यवस्थापन सम्बन्धी स्पष्ट नीति सहितको ‘स्थानीय सेवा ऐन’ तत्काल ल्याउनुपर्छ भन्ने रहेको छ। सुदूरपश्चिम प्रदेश सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधन नभएको संघर्ष समितिको आरोप छ।

पालिकाले सेवा स्थगित हुनुको जानकारी सार्वजनिक गर्दै सबैमा संयम अपनाउन आग्रह गरेको छ। साथै समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय