नेपाली कम्युनिस्ट पार्टीले अछाम निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि कमल सिंह क्षेत्रीलाई सिफारिस गरेको छ। शुक्रबार सदरमुकाम मंगलसैनमा बसेको बैठकले क्षेत्रीलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो।
सिफारिसपछि प्रतिक्रिया दिँदै नेकपा नेता कमल सिंह क्षेत्रीले पार्टीले दिएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै जनताको हित, जिल्लाको विकास र सुशासनलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाए।
पार्टी स्रोतका अनुसार क्षेत्री लामो समयदेखि पार्टी संगठन निर्माण, जनआन्दोलन र स्थानीय तहका गतिविधिमा सक्रिय रहँदै आएका अनुभवी नेता हुन्। उनको सिफारिसले अछाम निर्वाचन क्षेत्र नं. २ मा पार्टीको संगठनात्मक शक्ति थप बलियो हुने विश्वास गरिएको छ।