Artha Update
नेभिगेशन

ढकारी। अछाम जिल्लाको ढकारी गाउँपालिकाले सेवा करारमार्फत विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। गाउँपालिकाले बैशाख १५ र जेठ ८ गते सम्पन्न कार्यपालिका तथा पदपूर्ति समितिको निर्णयअनुसार चार पदमा योग्य नेपाली नागरिकहरूलाई करारमा नियुक्त गर्ने प्रक्रिया सुरु गरेको हो।

गाउँपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कृषि अधिकृत, स्टाफ नर्स, एएनएम (ANM), र नायब प्राविधिक सहायक (JTA/TSLC) पदमा कर्मचारी आवश्यक रहेको जानकारी दिएको छ। इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले तोकिएको म्यादभित्र दरखास्त दिन सक्नेछन्।

दरखास्त बुझाउने अन्तिम म्याद जेठ २४ गतेसम्म तोकिएको छ। इच्छुक व्यक्तिहरूले व्यक्तिगत रूपमा ढकारी गाउँपालिकाको कार्यालयमा दरखास्त दिनुपर्ने जनाइएको छ। गाउँपालिकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउन र रिक्त रहेका प्राविधिक पदहरू भरपाई गर्नका लागि करार प्रणालीमार्फत नियुक्ति प्रक्रिया अघि बढाइएको बताएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय