Artha Update
नेभिगेशन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गभर्नर नियुक्त भएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था छ ।

आफैंले सार्वजनिक गरेको विवरणमा उनको सम्पत्ति ‘मनग्गे’ देखिन्छ । राष्ट्र बैंकका अनुसार गभर्नर पौडेलले विभिन्न कम्पनीमा १४ करोड ५ लाख ६७ हजार रुपैयाँको सेयर लगानी गरेका छन् ।

सानिमा बैंक, सानिमा माइ हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रोपावर, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर र चितवन इनर्जीमा उनको सेयर लगानी छ ।

गभर्नर पौडेलले आफू र श्रीमती प्रतिभा शर्माको नाममा विभिन्न बैंक खातामा कूल २० लाखभन्दा बढी रुपैयाँ रहेको बताएका हुन्।

साथै, सानिमा बैंकको डलर खातामा ५ हजार पाँच सय अमेरिकी डलर रहेको पनि उनले उल्लेख गरेका छन्। त्यस्तै, उनले सम्पत्ति विवरणमा आफूसँग ४५ तोला सुन र १५ लाखको हिरा रहेको पनि उल्लेख गरेका छन् ।

त्यसबाहेक उनले सानिमा बैंकमा २ लाख र श्रीमती शर्माको नाममा रहेको घरजग्गा विवरणमा अनुसार ललितपुरमा १ करोड ५५ लाख रुपैयाँ पर्ने जग्गा र नवलपरासीमा ६० लाख रुपैयाँ पर्ने जग्गा रहेको छ। साथै, श्रीमती शर्माको नाममा ४४ लाख रुपैयाँ मूल्य बराबरको सुजुकी कार रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय