Artha Update
नेभिगेशन

काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ। जस अनुसार बैंकको वितरणयोग्य नाफा अघिल्लो बर्ष ७ अर्ब ४४ करोड रुपैयाँले ऋणात्मक रहेकोमा गत वर्षमा केहि मात्रामा घटेर ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मक भएको छ ।

विवरण अनुसार समिक्षा अवधिमा बैंकको खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ७.२८ प्रतिशत पुगेको छ। जसका कारण प्रोभिजन गर्नुपर्ने रकम बढेकाले नाफामा प्रत्यक्ष असर देखिएको छ ।

गत आवको अन्त्यसम्म बैंकको खुद नाफा १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको अन्त्यसम्म बैंकले १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १० प्रतिशतले घटेको छ। बैंकले अघिल्लो वर्ष ११ अर्ब ६१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत वर्ष १० अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो।

त्यसैगरी अघिल्लो वर्ष बैंकले १३ अर्ब १४ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी गरेकोमा गत वर्षमा ४.७२ प्रतिशतले घटेर १२ र्अ ५२ करोड रुपैयाँमा सिमित भएको छ।

समिक्षा अवधिमा वर्ष बैंकको सञ्चालन नाफा ५ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सञ्चालन नाफा २ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो। त्यसैगरी बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ६.९८ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १७५.०७ रुपैयाँ कायम भएको छ।

यस अवधिमा बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। त्यस्तै बैंकको रिजर्भमा २३ अर्ब ३७ करोड रुपैयाँ छ भने जगेडा कोष ५ अर्ब १० करोड रुपैयाँले ऋणात्मक छ। असार मसान्तसम्म बैंकले ३ खर्ब ८ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३७ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय