Artha Update
नेभिगेशन

ढकारी । ढकारी गाउँपालिका–७, न. वडा रुज निवासी भोजराज थापाले त्रिपुरासुन्दरी (तितौडा) मन्दिर पुनर्निर्माणका लागि उल्लेखनीय योगदान स्वरूप रु. ५५ हजार ५५५ आर्थिक सहयोग गरेका छन्।

उनको यो उदार योगदानलाई सम्पूर्ण मन्दिर पुनर्निर्माण सहयोग अभियान तथा भक्तजनहरूले आस्था, श्रद्धा र समर्पणको अद्वितीय उदाहरणको रूपमा व्याख्या गरेका छन्।

अभियानका तर्फबाट जारी वक्तव्यमा भनिएको छ, “देवी त्रिपुरासुन्दरीको दिव्य कृपा सदा भोजराज थापा र उनको परिवारमा रहोस् भन्ने हाम्रो कामना छ। यो सहयोगले धार्मिक जागरण मात्र होइन, समृद्ध र एकतापूर्ण समाज निर्माणमा समेत प्रेरणादायी भूमिका निर्वाह गर्नेछ।”

मन्दिर पुनर्निर्माण अभियानले हालसम्म विभिन्न स्थानीय तथा प्रवासी भक्तजनहरूको सहयोग संकलन गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय