Artha Update
नेभिगेशन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार काठमाडौंमा प्रदर्शन गर्न लागेको जेनजी समूहलाई अनुमति दिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी समूहलाई प्रदर्शलागि अनुमति दिएको हो ।

आफूहरुले काठमाडौंमा प्रदर्शन गर्न लागेको भन्दै केही युवाहरुको समूह प्रशासन कार्यालय पुगेका थिए । विरोध प्रदर्शन गर्न पाउने अधिकारलाई मध्यनजर गर्दै युवाहरुको समूहलाई प्रदर्शनको अनुमति दिएको जिप्रका काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले लोकपथलाई जानकारी दिए ।

लोकतन्त्रमा सबैले बोल्न पाउनुपर्छ भन्ने स्थापित मान्यताका आधारमा युवाहरुको समूहले गर्न लागेको शान्तिपूर्ण विरोध प्रर्दशनलाई अनमुति दिएका हौँ,’ उनले भने ।

सेप्टेम्बर ८ अर्थात् भदौ २३ गते सोमबार जेनजी पुस्ताले काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । स्वतस्फुर्त रुपमा जेनजीले गर्न लागेका विरोध प्रदर्शनलाई विभिन्न समूह र व्यक्तिहरुले समर्थन गरिरहेका छन् ।

भोलि बिहान ९ बजेदेखि नै जेनजी समूहले काठमाडौंको माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय