Artha Update
नेभिगेशन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेना अध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न तथा खड्ग प्रदान गरेका छन् ।

प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका सेना अध्यक्ष द्विवेदीलाई नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबिच उक्त दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राईलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

भारतीय स्थल सेनाका सेना अध्यक्ष द्विवेदी बुधबार नेपाल आएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय