Artha Update
नेभिगेशन

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई कुनै पनि उद्घाटन, शिलान्यास वा प्रमुख अतिथिको रूपमा आमन्त्रण नगर्न आग्रह गरेका छन्। ‘कृपया कसैले पनि र कहीँबाट पर्नि उद्घाटन/शिलान्यास कार्यक्रम, प्रमुख अतिथि हुनेजस्ता कुनै पनि औपचारिक कार्यक्रमहरूमा निमन्त्रणा गर्दै नगर्नु होला,’ सामाजिक सञ्जालमा मन्त्री पुनले लेखेका छन्।

मन्त्री पुनले आफू संयुक्त राष्ट्रसङ्घको उज्बेकिस्तान महासभा र ब्रिटिस काउन्सिलले नाइजेरियामा आयोजना गरेको सम्मेलनमा समेत सहभागिता नजनाएको बताउँदै जानै पर्ने बाहेक अन्य कार्यक्रममा नजाने सुनाए। त्यसैले अन्य केही मन्त्री विदेश गएको विषयलाई नउछाल्न समेत उनले आग्रह गरे।

‘जानै पर्ने र नगाई नहुने मिटिङमा मात्र केही मन्त्रीहरू विदेश जानु भएको हो,’ उनले लेखेका छन्, ‘त्यसैले विदेश घुम्यो भनेर हल्ला नगर्नु होला।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय