Artha Update
नेभिगेशन

काठमाडौँ । अन्तरिम सरकार र डा. निकोलस भुसालबीच ६ बुँदे सम्झौता भएपछि ११ औँ दिनमा उनको अनसन तोडिएको छ।

जेनजी आन्दोलनका माग पूरा हुनुपर्ने, आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन रोकेर प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर भुसाल र विष्ट माइतीघरमा आमरण अनशन बसेका थिए । आज प्रधानमन्त्री कार्कीले अनसनमा बसेका भुसाललाई बालुवाटारमा भेट गरेपछि उनैको हाटबाट जुस खाएर अनसन तोडेका हुन्।

सरकारसँग भएको सम्झौतापछि डा. भुसालले आफ्ना मागप्रति सकारात्मक प्रतिबद्धता व्यक्त भएको भन्दै अनसन तोडेको जनाएका छन्।प्रधानमन्त्रीको सचिवालयका अनुसार सहमतिपत्रमा डा.भुसाल, विष्ट र सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय