Artha Update
नेभिगेशन

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)मा टीम जनकपुर बोल्ट्सले नेपाल सेरामिक इण्डस्ट्रीसँग डेकोर पार्टनरमा सम्झौता गरेको छ । नेपाल सेरामिक इण्डस्ट्रीले गुणस्तर र लोकप्रिय नेपोभिट टाईल्स विगत ३ वर्षदेखी उत्पादन गर्दै आएको छ ।

सम्झौता हस्ताक्षर समारोहमा जनकपुर बोल्ट्सका निर्देशक अमित श्रेष्ठ र नेपोभिट टाईल्सका अध्यक्ष शम्भु नाथ झाले सम्झौतापत्र आदान प्रदान गरेका थिए ।

समारोहमा विशिष्ट अतिथिको रुपमा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभासद श्रीमनिस झाले नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितालाई सफलताको शुभकामना दिएका थिए । नेपोभिट टाईल्सका अध्यक्ष शम्भु नाथ झाले भने , ‘नेपोभिट टाइलस्लाई जनकपुर बोल्टसँग जोड्न पाउनु सम्मानको कुरा हो । जसले दृढ संकल्प र टिमवर्कको प्रतिनिधित्व गर्दछ । जसरी नेपोभिटले आफु बिछ्याइएका स्थानहरु को गरिमा बडाउँछ,, त्यसरी नै जनकपुर बोल्ट्सले आफ्नो कुशल प्रदशनले सफलताको शिखर चुम्न पाओस भन्ने आशा गर्दछौं ।

यस्तै जनकपुर बोल्टस्का निर्देशक अमित श्रेष्ठेले भने, ‘नेपोभिट टाइलस्लाई हाम्रो डेकोर पार्टनरको रूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय