Artha Update
नेभिगेशन

काठमाडौं। देशको सार्वभौमिकता र स्वाभिमानमाथि खतरा बढ्दै गएको भन्दै जेन्जी अभियन्ता कृष्ण मोहन सहनीले अत्यन्त भावुक अपिल सार्वजनिक गरेका छन्। उनका शब्दहरूमा पीडा, आक्रोश र देशप्रतिको गहिरो माया स्पष्ट झल्किन्छ।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, अहिले पनि समय छ! यदि देशलाई साँचो अर्थमा माया गर्नुहुन्छ भने अमेरिकी हस्तक्षेपबाट बचाउनुस्। नभए न देश रहन्छ, न जनता! उनले चेतावनी दिँदै थपेका छन्, देश नै रहेन भने हाम्रो पहिचान, हाम्रो अस्तित्व र हाम्रा सन्तानको भविष्य केमा टिक्छ?

सहनीले विशेष गरी युवापुस्तालाई भावनात्मक अपिल गर्दै भनेका छन् कि मौन बस्नु अब विकल्प होइन। हामी आज चुप लाग्यौं भने भोलि इतिहासले माफ गर्ने छैन ।

उनले उल्लेख गरेका छन्। उनका अनुसार विदेशी शक्तिको प्रभावले राष्ट्रिय निर्णय प्रक्रिया कमजोर बन्दै गएको अनुभूति जनतामा बढ्दो छ, जसलाई समयमै सच्याउन आवश्यक छ।

उनको अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक बहस जन्माएको छ। समर्थकहरूले यसलाई राष्ट्रप्रेमबाट प्रेरित सशक्त आवाजका रूपमा व्याख्या गरेका छन् भने आलोचकहरूले तथ्य र प्रमाणसहित बहस गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

देशको स्वाधीनता, आत्मसम्मान र भविष्यप्रतिको चिन्ताबाट प्रेरित सहनीको यो भावुक अपिलले पुनः एकपटक राष्ट्रियता र परराष्ट्र नीतिको विषयलाई जनचर्चाको केन्द्रमा ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय