अछाम। तुर्माखाँद गाउँपालिकामा आयोजित चुनावी सभामा मीन बहादुर सुनारसहित वडा नं. १ देखि ८ सम्मका १०१ जना विभिन्न पार्टी परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।
नवप्रवेशीहरूले प्रतिनिधि सभा उम्मेदवार बलबहादुर कुँवरलाई जिताउन आफूहरू संगठित रूपमा लाग्ने घोषणा गरेका हुन्।
प्रवेश कार्यक्रममा बलबहादुर कुँवर, संविधानसभा सदस्य सरदसिंह भण्डारी तथा नेकपाका नेता अक्कम बहादुर रावललगायतले नवप्रवेशीहरूलाई स्वागत गर्दै पार्टीलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे।