दक्षिणढोका नमुना चोक क्षेत्रबाट उमेश सिंह नामका एक व्यक्ति हराएका छन्। परिवारका अनुसार उनी १४ गते बेलुका करिब ४ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका हुन्।
हराउँदा उनले कालो ट्र्याक पाइन्ट र खैरो भेस्ट लगाएका थिए। उनको उचाइ करिब ५.५ फिट रहेको बताइएको छ। परिवारले उनलाई खोजी गर्न सबैसँग सहयोगको अपिल गरेको छ। यदि कसैले उमेश सिंहलाई देख्नुभएको वा उहाँबारे कुनै जानकारी प्राप्त गर्नुभएको छ भने नजिकको प्रहरी कार्यालय वा परिवारको सम्पर्क नम्बर 98038232212 मा जानकारी गराइदिन अनुरोध गरिएको छ।
परिवारले तपाईंको सानो जानकारीले ठूलो सहयोग पुग्न सक्छ भन्दै हराएको व्यक्तिलाई सकुशल फेला पार्न सहयोग गरिदिन आग्रह गरेको छ।