काठमाडाैं । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलक्षित टिप्पणी गर्दै साहस र दुस्साहस छुट्याउनुपर्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अर्यालले प्रधानमन्त्री शाहको काम कारबाहीलाई लक्षित गर्दै टिप्पणी गरेका हुन् ।
अर्यालले साहस के हो ? दुस्साहस के हो ? भन्ने छुट्याउनुपर्ने बताए । पूर्वगृहमन्त्री अर्यालले दुस्साहस आत्मघाती हुने भएकोले त्याग्नुपर्ने बताए ।
देशमा विधिको शासनसहितको समन्यायिक सन्तुलन कायम रहनुपर्नेमा उनले जोड दिए ।
‘साहस के हाे ? दुस्साहस के हाे ? छुट्टयाउनु पर्दछ । दुस्साहस आत्मघाती हुने भएकाेले त्याग्नु पर्दछ । देशमा विधिको शासन सहितकाे समन्यायिक सन्तुलन कायम रहाेस् । मुलुक, मानवता र संविधानमा थप क्षति नपुगाेस्,’ उनले लेखेका छन् ।
सरकारले सुकुम्बासी बस्ती हटाइरहेको विराेधमा विभिन्न टीका–टिप्पणी भइरहेका छन् । व्यवस्थापन बिना नै बस्ती हटाइएको भन्दै विरोधसमेत भइरहेको छ ।