Artha Update
नेभिगेशन

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुण्यप्रसाद सिटौला निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि बुधबार सम्पन्न मतदानमा सिटौलाले १०३० मत ल्याउँदै विजयी भए । उनका प्रत्याशी हरिशरण केसीले ४६४ मत प्राप्त गरे ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, एनकुमार साइ र केदार पौडेल विजयी भएका छन् । उपाध्यक्षहरूमा चन्द्रा ओझा, डम्बरराज पन्त, आत्मराम थापा, कान्छाराम थिङ, कान्छामान बल, जितबहादुर भारती र रामप्रसाद सुवेदी विजयी भएका छन्। सात उपाध्यक्ष पदका लागि १३ जनाले प्रतिस्पर्धा गरेका थिए ।

महासंघको मालवाहकतर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ र महासचिवमा डेकनाथ गौतम विजयी भएका छन् । त्यसैगरी उपमहासचिवमा देविन श्रेष्ठ, भानुभक्त बराल र पुरुषोत्तम सिंखडा विजयी भएका छन्।

उमेश केसी, चेतप्रसाद गौतम र टंकप्रसाद बस्याल निर्वाचित भए। कोषाध्यक्षमा राजेन्द्र आचार्य ७१६ मत ल्याएर विजयी भए। सह–कोषाध्यक्षमा शोभाखर पौडेल विजयी भएका छन्। महाधिवेशनबाट कुल ७८ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय