Artha Update
नेभिगेशन

ढकारी गाउँपालिका वडा नम्बर १ बर्साली क्षेत्रको जंगलबाट एक महिलालाई उद्धार गरिएको छ। नेत्रकला देवी शाहीले राति करिब १० बजे ती महिलालाई जंगलबाट ल्याई आफ्नै कोठामा सुरक्षित रूपमा राखेको जानकारी दिएकी छन्।

उद्धार गरिएकी महिलाले आफ्नो घर ढुंगानी भएको तथा माइतीघर बलाता रहेको बताएकी छन्। हालसम्म महिलाको वास्तविक परिचय र पारिवारिक अवस्था खुलेको छैन।

महिलाका आफन्त तथा चिनेजाने व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गरेका छन्। साथै, महिलालाई लिन आउँदा घरपरिवारको वास्तविक अवस्था स्पष्ट रूपमा जानकारी गराउनुपर्ने बताइएको छ। अन्यथा आवश्यक प्रक्रिया अनुसार ती महिलालाई जिल्ला स्थित सेफ हाउसमा बुझाइने जानकारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय