Artha Update
नेभिगेशन

काठमाडौं । लोक- देउडा गायिका निरुता खत्रीले १३औँ म्युजिक खबर म्युजिक अवार्ड–२०८२ अन्तर्गत ‘रामारोशन ताल’ गीतबाट सर्वोत्कृष्ट लोकगीत गायन विधाको अवार्ड प्राप्त गरेकी छन् ।

अवार्ड प्राप्त गरेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थक, शुभचिन्तक र दर्शक–श्रोताप्रति आभार व्यक्त गरेकी छन् । उनले आफूलाई अवार्डसम्म पुर्‍याउन स्वदेश तथा विदेशमा रहेका समर्थक, भोटर, दाजुभाइ–दिदीबहिनी, साथीभाइ तथा सम्पूर्ण आफन्तजनको साथ, माया र विश्वासको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरेकी छन् ।

गायिका खत्रीले आफूले पाएको माया र विश्वासको सधैँ ऋणी रहने बताउँदै आगामी दिनमा पनि यस्तै साथ, समर्थन र हौसलाको अपेक्षा रहेको उल्लेख गरेकी छन् ।

त्यस्तै, उनले म्युजिक खबर म्युजिक अवार्ड आयोजना गर्ने आयोजक टोलीप्रति पनि विशेष धन्यवाद व्यक्त गरिन् । साथै ‘रामारोशन ताल’ गीतमा आबद्ध सम्पूर्ण सर्जक, स्रष्टा तथा सहकर्मी कलाकारप्रति सम्मान प्रकट गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय