Artha Update
नेभिगेशन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनाका लागि बैंक तथा वित्तीय संस्थाले करिब ४१ करोड ७० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेका छन्।

नेपालका विभिन्न बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत र कर्मचारीबाट उठाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करोडौँ रुपैयाँ सहयोग गरेका हुन् ।

बाढीपीडितका लागि सहयोग घोषणा गर्ने बैंकमध्ये ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडि देखिएको छ । बैंकले ५ करोड रुपैयाँ सहयोग गरेको छ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ करोड १ लाख रुपैयाँ, एनएमबी बैंकले ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेका छन् ।

नेपाल बैंकले ३ करोड १० लाख, प्राइम कमर्सियलले ३ करोड १ लाख, हिमालयनले ३ करोड १ लाख त्यस्तै कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंकले जनही ३ करोड रुपैयाँ सहयोग गरेका छन्।

यस्तै, एभरेष्ट बैंकले २ करोड ११ लाख र सिद्धार्थ बैंकले २ करोड ५१ लाख रुपैयाँका दरले सहयोग गरेका छन् भने प्रभु बैंकले २ करोड ११ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ । सानिमा बैंक र एनआईसी एशिया बैंकले क्रमशः २ करोड २५ लाख र २ करोड २२ लाख रुपैयाँका दरले सहयोग गरेका छन् ।

माछापुच्छ्रे बैंकले २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ भने सांग्रिला डेभलपमेन्ट बैंकले ७० लाख, शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ६५ लाख, मुक्तिनाथ विकास बैंकले ५० लाख र कामना सेवा विकास बैंकले २५ लाख रुपैयाँ सहयोग गरेका छन्।

भोटेकोशी बाढीबाट प्रभावितको खोज तथा उद्धार, राहत र पुनः स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बैंक तथा वित्तीय संस्थाले उक्त रकम उपलब्ध गराएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय