Artha Update
नेभिगेशन

साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य सामान्य गिरावट आएको छ । आज सुन १ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, यो दिन चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय