Artha Update
नेभिगेशन

काठमाडौं। सुदूरपश्चिम र कर्णाली प्रदेशको ऊर्जा समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने लक्ष्यसहित निर्माणको तयारीमा रहेको ४३९ मेगावाट क्षमताको वेतन कर्णाली जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउन सांसद पुष्प बहादुर शाहले सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहले अछाम जिल्लाको ढकारी गाउँपालिका र सुर्खेत जिल्लाको चौकुने गाउँपालिकामा निर्माण हुन लागेको उक्त आयोजनालाई प्रदेशहरूको दिगो ऊर्जा विकासको मेरुदण्डको रूपमा उल्लेख गर्दै तत्काल निर्माण प्रक्रिया अगाडि बढाउन आग्रह गरे।

“सुदूरपश्चिम र कर्णाली प्रदेश आर्थिकरूपमा पछाडि परेका छन्। यस्ता आयोजना तिनका लागि अवसर हुन्, चुनौती होइन,” उनले भने, “यस आयोजनाले न केवल ऊर्जा उत्पादनमा टेवा पुर्‍याउनेछ रोजगारी सिर्जना पूर्वाधार विस्तार र क्षेत्रीय विकासमा समेत टेवा पुर्‍याउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय