काठमाडौं। नेपाली मौलिक लोकसंस्कृति र सुदूरपश्चिमको पहिचान बोकेको देउडा गीत ‘का हालु मायाको मुद्दा’ सार्वजनिक भएको छ। गायिका निरुता खत्रीको स्वरमा नयाँ देउडा गीत सार्वजनिक भएको हो।

सुदूरपश्चिमको मौलिक भाका र सांस्कृतिक पहिचानलाई गीतमार्फत प्रस्तुत गरिएको छ।

गीतमा भुवन दाहाल र निरुता खत्रीको स्वर रहेको छ। गीतको शब्द सुशील बोहराले लेखेका हुन् भने संगीत निरुता खत्रीले भरेकी छन्। कृष्ण बाजुरालीको संगीत संयोजन रहेको गीतमा रतन बीकेको बाँसुरी वादन सुन्न सकिन्छ।

गीतको भिडियो निर्देशन भीम थापाले गरेका छन् भने अमृत उपाध्यायले छायांकन र प्रवीण रेश्मी मगरले सम्पादन गरेका छन्। भिडियोमा वीर बोहरा, मनिषा रावल, केशव पन्त र नरबहादुर चौहानको अभिनय रहेको छ। भिडियोको पोस्ट प्रोडक्सन खप्तड फिल्म्सले गरेको हो।

सुदूरपश्चिमको मौलिक कला, संस्कृति र देउडा संगीतको पहिचानलाई उजागर गर्ने उद्देश्यले तयार गरिएको गीतले देउडा संगीतप्रेमी दर्शक तथा स्रोताको मन जित्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय