काठमाडौं । सरकारले २०६२/६३ सालदेखि २०७२/७३ सालसम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन तथा छानबिन गर्न सम्पत्ति, जाँचबुझ छानबिन आयोग गठन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीषा राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा बार सदस्यीय आयोग गठन गरेको हो। आयोगका सदस्यहरूमा पूर्वन्यायाधीशहरू चण्डीराज ढकाल, पुरूषोतम पचतुती, पूर्व प्रहरी नायव महानिरीक्षक गणेश केसी र बार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल हुनुहुन्छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि सरकारले गत चैत १३ गते १५ दिनभित्र समिति गठन गर्ने निर्णय गरेको थियो ।