अछाम। गुरुकुल मावि पूर्व विद्यार्थी समाजको सक्रिय पहलमा निर्माण सम्पन्न भएको ढकारी खुल्ला मञ्चको भव्य समुद्घाटन कार्यक्रम हुने भएकाे छ । कार्यक्रम यँहि बैशाख १८ गते बिहान १० बजेबाट सुरूहुने भएकोहाे ।
समुद्घाटन कार्यक्रमलाई ऐतिहासिक र अविस्मरणीय बनाउन आयोजक समितिले सम्पूर्ण ढकारीबासी दाजुभाइ, दिदीबहिनी, आमाबुबा तथा समाजप्रति प्रेम र गर्व बोकेका सबैलाई उपस्थितिका लागि विशेष आग्रह समेत गरेका छन्।
गुरुकुल मावि पूर्व विद्यार्थी समाजले ढकारीको सांस्कृतिक, शैक्षिक र सामाजिक गतिविधिलाई अझ मजबुत बनाउने उद्देश्यले निर्माण गरेको खुल्ला मञ्च स्थानीय स्तरमै एउटा उदाहरणीय कामको रूपमा हेरिएको छ। मञ्चको निर्माणले ढकारी क्षेत्रको सामाजिक विकासमा नयाँ गति ल्याउने विश्वास गरिएको छ।
समूहिक प्रयास र एकताको बलले बनेको यो मञ्च सम्पूर्ण ढकारीबासीको गौरव हो, आयोजक समितिले जनाएको छ। उक्त अवसरमा विशेष अतिथि, स्थानीय अगुवाहरू तथा समाजसेवीहरू समेतको उपस्थिति रहनेछ।
ढकारीलाई समृद्ध र आत्मनिर्भर बनाउने यात्रामा ऐतिहासिक योगदान पुर्याउने यो कार्यक्रममा उपस्थित भई सफल बनाउन सबैमा आह्वान गरिएको छ।

