काठमाडाैं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारि गिरावट भएकोे छ । यस दिन सुन प्रतितोला ४ हजार ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले घटेर एक हजार ९१५ रुपैयाँमा किनबेच भएको छ । बुधबारको बजारमा चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँ खरिदबिक्री भएको थियो ।
ट्रेन्डिङ
६

