Artha Update
नेभिगेशन

बाँके । बाँकेमा लुम्बिनी गोल्डेन ट्यालेन्ट इभेन्ट्सको आयोजनामा ‘लुम्बिनी गोल्डेन ट्यालेन्ट शो हन्ट २०८२’ आयोजना हुने भएको छ। कला, संगीत तथा प्रतिभाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागेको हाे । साथै, यस कार्यक्रममा डान्स, म्युजिक तथा विविध दुई विधामा प्रतिभाहरूले आफ्नो क्षमता प्रदर्शन गर्न पाउने छन्।

कार्यक्रमका आयोजक अमन अधिकारी र नरेन्द्र बीसीका अनुसार अडिसन राउण्ड असार २ गते हुने छ। उनले अर्थ बपडेलसँग कुरा गर्दै प्रतिभाशाली युवाहरूलाई प्रस्तुत हुने मञ्च दिनु कार्यक्रमको मुख्य उद्देश्य भएको बताए।

इभेन्टमा सहभागी हुन चाहनेले ५०० रुपैयाँ रजिस्ट्रेसन शुल्क तिर्नुपर्नेछ। विजेताहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार, र तेस्रो हुनेले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

कलाको क्षेत्रमा रुचि राख्ने जो कोही पनि सहभागी हुन सक्ने यो कार्यक्रमले स्थानीय प्रतिभाहरूलाई राष्ट्रिय स्तरमा उभ्याउने विश्वास आयोजकले लिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय